जनता बैंकको संचालकमा सैंजु नियूक्त
काठमाडौं, ६ मंसिर । मीनाकुमारी सैंजुलाई जनता बैंक नेपाल लिमिटेडको संचालकमा नियुक्त गरिएको छ । हिजो बसेको बैंक संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालकमा उनलाई नियुक्त गरेको हो ।
संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले हिजै उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त हुनु भएकी थिएन ।