Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रथम चौमासिकको मन्त्रालयगत समिक्षा, रचनात्मक काम सहित अघि बढ्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रथम चौमासिकको मन्त्रालयगत समिक्षा, रचनात्मक काम सहित अघि बढ्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यान्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक काम सहित एक कदम अघि बढ्नु पर्ने बताए । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने । मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नीति,बैठक,छलफल,सुझावमा धेरै समय नविताइ काममा प्राथमिकता दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । कार्यालय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन पनि दिए । “कार्यालय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस ”
प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडाउने तयारी छ कि छैन भनी प्रश्न पनि गरे ।

आजको समिक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर,युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए । यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयका सचिव महेश दाहाल,वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले प्रगति विरण पेश गरेका थिए ।

बाँकी मन्त्रालयहरुको प्रगति समिक्षा बैठक आगामी शनिवार हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x