Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा पहिलो पटक कोन म्याक एक्स्पो २०१८ सुरु

नेपालमा पहिलो पटक कोन म्याक एक्स्पो २०१८ सुरु

काठमाडौं, ७ मंसिर । नेपालमा पहिलोपटक भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने उपकरण (हेभिइकुप्पमेन्ट) को बारेमा बृहत प्रदर्शनी ‘सिआईआई कोन म्याक २०१८’ सुरु भएको छ । प्रदर्शनी विहिवारबाट भक्तपुरको सल्लाघारी स्थीत ओपन ग्राउण्डमा सुरु भएको हो । प्रर्दशनिले निर्माण व्यवसायको लागि नविनतम प्रविधि र क्षमता अभिबृद्धिमा सहयोग पुग्ने छ । एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिएको बताए । मन्त्री महासेठले नेपालले जलमार्ग र रेल मार्ग संचालनका लागि भारत सरकारसँग मिलेर काम गरिरहेको उल्लेख गरे ।

‘कोन म्याक २०१८’ नाम दिइएको सो प्रदर्शनी ३ दिन सम्म चल्ने छ । सो प्रदर्शनि भारतीय उद्योग परिसंघ र नेपाल स्थित भारतीय राजदुतावाससँगको सहकार्यमा आयोजना गरिएको हो । प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डाई, केटरपिलर, टाटा हिटाची जस्ता ठूला कम्पनीसहित भारतका १५० भन्दा बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी राखेका छन । भने ४ हजार व्यवसायीले प्रदर्शनि अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनिले नेपालमा अभाव हुने निर्माण सामग्री सहज रुपमा पूर्ति गर्नसक्ने वातावरण तय हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x