Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपालमा संचालित आयोजनाको प्रगती सन्तोषजनक भएन : एडिबी

नेपालमा संचालित आयोजनाको प्रगती सन्तोषजनक भएन : एडिबी

काठमाडौं, ७ मंसिर । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक नभएको जनाएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा एडिबीका उपमहानिर्देशक दिवेश शरणले नेपालमा संचालित अधिकांश आयोजनाहरुको प्रगती सन्तोषजनक नभएको बताएका हुन ।

विशेष गरि सरसफाइ र उड्डयन क्षेत्रमा समस्या रहेको उनले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति राम्रो देखिएपनि त्रिभुवन विमानस्थलको काम भने अघि बढ्न नसकेको उनले जनाए ।

एडिबीले सन् २०१४ देखि २०१६ को अवधिको तुलनामा २०१७ देखि २०१८ मा नेपालमा लगानी दोब्बर गरेको छ । एडिबीले लगानीको प्रतिबद्धता उच्च भएपनि खर्च हुन नसक्ने पुरानै अवस्था वर्षेनी दोहोरिनु दुखद एडिबीका नेपाल निर्देशक मुख्तोर खामुदखानोबले बताए । उसले चालू वर्षमा पनि ठेक्का सम्झौता र रकम खर्चमा समस्या रहेको उल्लेख गरे ।

सन् २०१८ मा एडिबीले आफ्नो सहयोगमा ८ वटा आयोजनाको ठेक्का सम्झौता लगाउने लक्ष्य रहेको जनाएको छ। त्यसमध्ये सबैभन्दा धेरै बजेट सासेक सडक सुधार आयोजनाको छ। यस्तै तनहुँ हाइड्रोपावर, पावर ट्रान्समिसन तथा वितरण सुधार आयोजनालगायतका आयोजनाको ठेक्का लगाउने लक्ष्य रहेको एडिबीले जनाएको छ। यी ८ आयोजनाले यो वर्षको कूल लक्ष्यको ९२ प्रतिशत हिस्सा ओगट्छन्।

एडिबीले आफ्नो कूल सहायता २ खर्ब ८० अर्ब रूपैयाँ भन्दा धेरै पुगिसकेको भए पनि आयोजना कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताएको छ। १ खर्ब २५ अर्ब रूपैयाँको ठेक्का लाग्न बाँकी छ भने १ खर्ब ७० अर्ब रूपैयाँ खर्च हुन बाँकी छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x