Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सम्बृद्धिका लागि सरकारी, नीजि र सहकारी क्षेत्रको सहकार्य अपरिहार्य : अर्थमन्त्री खतिवडा

सम्बृद्धिका लागि सरकारी, नीजि र सहकारी क्षेत्रको सहकार्य अपरिहार्य : अर्थमन्त्री खतिवडा

काठमाडौं, ७ मंसिर । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी, नीजि र सहकारी क्षेत्रको सहकार्यबाट मात्र मुलुकमा सम्बृद्धि प्राप्त हुने बताएका छन् । राजधानीमा आज आयोजित सहकारीको प्रवद्र्धनमा प्रदेश र स्थानीय तहसँगको छलफल कार्यक्रममा उनले यी क्षेत्रबीच प्रतिस्प्रधा भन्दा पनि सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै उनले सहकारी मार्फत भएको पुँजीलाई उत्पादन मुलक क्षेत्रमा लगाउन सके तल्लो तहबाटै सम्बृद्धिको सपना साकार हुने बताए । त्यसका लागि आवश्यक नीति, नियमहरु निर्माण गरि सहयोगीको भूमिका निर्वाह गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्दै उनले केन्द्र सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

चौधौ योजनामा सहकारीको भूमिका र जिम्मेवारीलाई स्पष्ट उल्लेख गरेको भन्दै मन्त्री खतिवडाले पन्ध्रौ योजनामा पनि सहकारीको भूमिकालाई स्थापित गरिनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x