Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा १४.८२ अंकको गिरावट, २५ करोड भन्दा बढीको कारोबार

सेयर बजारमा १४.८२ अंकको गिरावट, २५ करोड भन्दा बढीको कारोबार

काठमाडौं, ९ मंसिर । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) नकारात्मक देखिएको छ । कारोबार शुरु भएको पहिलो दिनमा नै सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । बजार १४.८२ अंकले घटेर १,१६६.४३ विन्दुमा झरेको छ ।

आईतबार कारोबार भएका कुल १ सय ५४ कम्पनीको ८,४०,०५५ कित्ता सेयर खरिद, बिक्री हुँदा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । सबै भन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । बैंकको कुल ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरि न्यादी गु्रप पावर लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्य ६.२५ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी नाडेप लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् । संस्थाको सेयर मुल्य ४६.०२११ प्रतिशतले घटेको छ ।

सो दिन सबै समुहको परिसुचक ओरालो लागेको छ । त्यसमा निर्जीवन बीमा समुहको परिसुचक ९६.७६ अंकका साथ सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यसै गरि उत्पादन तथा प्रशोधन समुहको परिसुचक ५०.५४ अंक, जीवन बीमा समुह ४४.४ अंक, होटल समुह २८.८७ अंक, जलविद्युत समुह २४.८९ अंक, माईक्रोफाईनान्स समुह २२.२४ अंक, बैंकिङ्ग समुह १२.६४ अंक, अन्य समुह ७.७१ अंक, विकास बैंक समुह ६.४७ अंक र फाईनान्स समुहको परिसुचक ५.१६ अंकले ओरालो लागेको छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x