Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई लाइफ र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं,९ मंसिर । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराउन सक्नेछन् ।

सो सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवाप्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा नयाँ योजनाहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x