Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सटही लाभले रेमिट्यान्स बढ्यो

सटही लाभले रेमिट्यान्स बढ्यो

काठमाडौं १० मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ४२ अर्ब १७ करोड रुपैँया रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा रेमिट्यान्सको वृद्धिदर ३७ प्रतिशत छ । यसरी उच्च वृद्धिदर कायम हुनुमा सटही लाभ प्रमुख कारण रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तिय स्थितिले रेमिट्यान्स बढेपनि बढ्दो आयातका कारण शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैँया ऋणात्मक रहेको देखाएको छ । भुक्तानी असन्तुलनको अवस्था भयावह बन्दै जान थालेको देखिन्छ । अघिल्लो महिनासम्म शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रुपैँया थियो । तीन महिनामा आइपुग्दा कुल गार्हस्थ उत्पादनको १ प्रतिशतभन्दा बढी शोधनान्तर घाटा भएको छ ।

रेमिट्यान्सको जगमा वस्तु तथा सेवाको आयात धानिदैं आएकोमा अब त्यो अपर्याप्त हुने देखिन्छ । यद्यपि चालु वर्षको पहिलो तीन महिनामा सटहीको लाभ लिन विदेशमा वस्नेहरुले रेमिट्यान्स पठाएका छन् । यो अवधिमा डलरको तुलनामा नेपाली मुद्रा तीव्र रुपमा अवमूल्यन भएकाले पनि नेपाली मुद्रामा हिसाब गर्दा रेमिट्यान्स बढेको देखिन्छ । आर्थिक वर्ष सुरु हुँदा नेपाली रुपैँयाको डलरसँग सटही दर प्रति अमेरिकी डलर १०९ रुपैँया ९४ पैसा रहेको थियो । यो सटही दर असोज मसान्तमा एक अमेरिकी डलर बराबर ११८ रुपैँया रहेको छ । यो अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैया ७ दशमलव ३३ प्रतिशत अवमूल्यन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x