Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लगानी सम्मेलन मार्चमा, अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरिने

लगानी सम्मेलन मार्चमा, अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति  गठन गरिने

काठमाडौं, १० मंसिर । आगामी मार्च अन्तिम सातामा नेपालमा पुन लगानी सम्मेलन आयोजना गरिने भएको छ । लगानी बोर्डको आइतवार बसेको ३३ औँ बैठकले नेपालमा पुन सम्मेलन आयोजना गर्नका लागि बोर्डले अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा एक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय वैदेशिक लगानीको प्रतिवद्धता आईरहे पनि लगानी भने नभित्रिएको गुनासो आईरहेकै बेला सरकारले सम्मेलन गर्ने निर्णय गरेको छ । सो सम्मेलन अघि लगानी आकर्षण गर्न आवश्यक नीति तथा कानून संशोधन गर्न समेत बैठकले निर्देशन गरेको छ । सम्मेलनलाई सहभागीतामूलक र प्रभावकारी बनाउन विदेशस्थित नेपाली नियोगलाई परिचालन गर्नुपर्नेमा जोड दिन बोर्ड बैठकले निर्देशन दिएको छ । यसअघि वि।सं २०७३ मा पहिलो पटक लगानी सम्मेलन आयोजना गरिएको थियो ।

साथै बोर्डको संयोजकत्वमा लगानी परामर्श समिति गठन गर्ने बताइएको छ । यसैगरी बैठकले ठूला पूर्वाधार तथा अन्य आयोजनाको कार्यान्वयन समयमा नै गर्न ध्यानाकर्षण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x