Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगानीको सम्पतिमा चुनौती देखापरेको भन्दै सेयर लगानीकर्ताद्वारा नेप्से घेराउ

लगानीको सम्पतिमा चुनौती देखापरेको भन्दै सेयर लगानीकर्ताद्वारा नेप्से घेराउ

काठमाडौं, १० मंसिर । लगानीकर्ताहरुले सोमबार संयुक्त रुपमा भद्रकालि स्थित नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले पूँजीबजारका लगानी गरेका १५ लाख लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै चुनौती देखापरेको भन्दै घेराउ गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ता संघर्षमा उत्रिएका हन्। सरकारले गतकात्तिक २० गतेदेखि अनलाइन कारोबार शुभारम्भ गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा कमजोरी देखिएको, बजार सुधार र विस्तारका रणनीतिक कामहरु अवरुद्ध भएको भन्दै सबै संघहरु आन्दोलनको विकल्पमा पुगेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x