Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सामुदायिक लघुवित्तको साधारण सेयर बाँडफाँड

सामुदायिक लघुवित्तको साधारण सेयर बाँडफाँड

काठमाडौं, १० मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म १ सय रुपैयाँ अङ्कित दरको २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सो अवधिमा कुल २ लाख ५५ हजार ३ सय १६ जनाले सेयर आवेदन भरेका थिए । जसमध्ये जम्मा २७ हजार ३ सय आवदेकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आवेदन भर्नेहरुमा ४७ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको हो ।

कम्पनीको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x