Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

शेयर बजारमा उतारचढाप, बजार बन्द हुँदा दोहोरो अंकको वृद्धि

शेयर बजारमा उतारचढाप, बजार बन्द हुँदा दोहोरो अंकको वृद्धि

काठमाडौं, १२ मंसिर । पहिलो चरणको चुनाव भएको दिन बढेको शेयर बजारले आज पनि सोहि गति लिएको छ । सोमबार शेयर बजारमा सामान्य अंकको गिरावट आए पनि मंगलबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ ।

मंगलबार शेयर बजार खुल्ना साथ घटेको शेयर बजार मध्ये दिनमा आएर सकारात्मक बनेको थियो । मंगलबार शेयर बजारमा उतार चढाप देखियो । आज नैप्से परिसुचक १०.१२ अंकले बढेर १५२३.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेस २.३२ अंकले बढ्यो भने शेयर बजार समग्र ०.६७ प्रतिशतले माथि उक्ल्यो ।

शेयर बजारमा आज वीमा समुह र उत्पादन समुहको परिसुचक बाहेक अरु सवै परिसुचकहरु सकारात्मक भएका छन् । मंगलबार १६३ कम्पनीहरुको ९ लाख ९९ हजार ६० कित्ताको शेयर किनबेचबाट ५७ करोड २१ लाख ९९ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x