Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

कम्बोडियाका व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान

कम्बोडियाका व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कम्बोडियाका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छन् । नेपाल भ्रमणमा रहेको कम्बोडिया व्यापार संघको प्रतिनिधिमण्डलसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन ।
महासंघको सचिवालयमा भएको छलफलमा कम्बोडिया व्यापार संघका उपाध्यक्ष ओक्ना लिम हेङ्गले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै नेपालमा लगानी सम्बन्धी भएका नीति तथा ऐन नियमहरुबारे जिज्ञासा राखेका थिए ।

जवाफमा अध्यक्ष राणाले नेपालमा हाल स्थायी सरकार रहेको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक समृद्धि भएको भन्दै लगानीमैत्री वातावरण भएको स्पष्ट पारिन् । नेपालमा लगानीका लागि सम्भाव्य क्षेत्रहरुको बारेमा जानकारी गराउँदै कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेकोमा अध्यक्ष राणाले जोड दिइन् ।

उक्त छलफल कार्यक्रममा महासङ्घका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, पूर्व कार्यकारिणी समितिका सदस्य शंकर प्रसाद पाण्डे, निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी लगायत अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x