Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गएको ४ महिनामा ६ अर्ब बढीको तरकारी मात्रआयात

गएको ४ महिनामा ६ अर्ब बढीको तरकारी मात्रआयात

काठमाडौं, १६ मंसिर । गएको चार महिनामा ५ अर्ब बढीको तरकारी आयात गरिएको छ  । आलु, प्याज, धनिया र लसुन लायतकामा गरि मात्र ५ अर्ब बढी रकम बाहिरिएको हो । भन्सार विभागको तथ्यांकअनुसार यो चार महिनामा ३ अर्ब ३२ करोड २९ लाख ८८ हजार रुपैयाँबराबरको आलु आयात भएको छ । यसैगरी, १ अर्ब ७५ करोड ४४ लाख मूल्यबराबरको लसुन प्याज आयात भएको छ ।

विभागको तथ्यांकअनुसार यो चालू आर्थिक वर्षको चार महिनामा धनिया १३ करोड ७४ लाख ४६ हजार मूल्यबराबरको आयात भएको छ । यसैगरी, जिरा ६४ करोड ५० लाख १३ हजार मूल्यको आयात भएको छ । यसैगरी, धनिया र जिरामा मात्र यो चालू आर्थिक वर्षको चार महिनामा ७८ करोड २४ लाख ५९ हजार मूल्यबराबरको आयात भएको छ । विभागको तथ्यांकअनुसार अलैंची र सुक्मेल यो चार महिनामा ३ करोड ४४ लाख ५७ हजारको आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x