Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

उतार चढावका बीच सेयर बजारमा झिनो अंकको सुधार

उतार चढावका बीच सेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं, २० मंसिर । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले सुधारिएको छ । बुद्यबार भारी अंकले गिरावट आएको बजारमा आज २.७० अंकले बढेर १,१२०.८४ विन्दुमा कारोबार बन्द भयो ।

बिहिबार १ सय ६२ कम्पनीको १३,७४,३४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सो दिन सबै भन्दा धेरै एनएमबी बैंक लिमिटेडको सेयर किनबेच भएको छ । सबै भन्दा बढी कमाउनेमा आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ७.३० प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा कालिका लघुवित्ति वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ७.४२९९६ प्रतिशतले घटेको छ । कालिकाले ८.४५ प्रतिशतका दरले बोनस तथा नगद लाभांश दिएको छ ।

यसैगरि बिहिबार जलविद्युत समुह र उत्पादन तथा प्रशोधन समुहको परिसुचक बाहेक सबै समुहको परिसुचक उकालो लागेको छ । जलविद्युत समुह र उत्पादन तथा प्रशोधन समुहको परिसुचक क्रमश ९.८१ र २.६२ अंकले घटेको हो । सबै भन्दा बढी जीवन बीमा समुहको परिसुचकमा ४४.०७ अंकको वृद्धि भएको छ । निर्जीवनबीमा समुह ३५.५९ अंक, विकास बैंक समुह ३.३१ अंक, बैंकिङ्ग समुह २.५५ अंक, अन्य समुह ०.८७ अंक, फाईनान्स समुह ०.७९ अंक, होटल समुह ०.६५ अंक र माईक्रोफाईनान्स समुह ०.५४ अंकले बृद्धि भएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x