Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनएमबि बैंक र घरेलु तथा साना उद्योग संगठनले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने

एनएमबि  बैंक र घरेलु तथा साना उद्योग संगठनले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने

काठमाडौं, २० मंसिर । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार हसदस्यहरुमाझ संचालन गर्नेछ जसमध्ये ९, हजार सदस्यहरु महिला उद्यमी रहेका छन् ।

वित्तिय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैकको विश्वाश छ ।

एनएमबि बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७% लगानि रहेको छ र बैंक लगातार २०१७ र २०१८ को लागि ”बैंक अफ दि एयर“ अवार्डबाट सम्मानित भएकोे छ । हाल यस बैंकले ११० शाखा कार्यालयहरु मार्फत् देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x