सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने
काठमाडौं, २१ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।