Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सिक्टा सिँचाइ आयोजनामा आठ अर्ब बढीको आर्थिक अनियमितता, पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

सिक्टा सिँचाइ आयोजनामा आठ अर्ब बढीको आर्थिक अनियमितता, पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २२ मंसिर । प्रदेश नम्बर ५ को बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आठ अर्ब बढीको आर्थिक अनियमितता गरेको भन्दै राप्रपा नेता एव पूर्वमन्त्री समेत रहेकका कालिका कन्सट्रकसनका मालिक विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आयोजनामा  आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीले  उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक अनियमितता गरेको ठहर गर्दै मुद्दा चलाएको हो।

आयोगको आरोपपत्रमा सिक्टाको मूल नहर भत्किएको, डिजाइनमा त्रुटि भएको तथा निर्माण क्रममा खटिएका प्राविधिक, कन्सल्टेन्ट र निर्माण व्यवसायीले सुपरभिजन नगर्दा गुणस्तरीय काम हुन नसकेको उल्लेख छ। नहर भत्कँदासमेत आयोजनाका कर्मचारीले निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अनुसन्धानको क्रमबाट खुलेको आयोगले जनाएको छ ।

 आरोपितहरु

आयोगले मुद्दा दायर गरेका आयोजना पूर्व प्रमुखहरूमा सर्वदेवप्रसाद जैसवाल, दिलीपबहादुर कार्की र सरोजचन्द्र पण्डित छन्। पण्डित हाल सिँचाइ विभागका महानिर्देशक छन्। अन्य आरोपीमा आयोजनाका पूर्व र वहालवाला कर्मचारी १६ जना तथा ठेकेदार/प्रतिनिधि र परामर्शदातासँग सम्बन्धित ५ जना छन्।

ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख पाण्डे र मूल नहर भत्कने बेला आयोजना प्रमुख रहेका बस्नेतबाट जनही २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो असुल्नुपर्ने दाबी आरोपपत्रमा लिइएको छ।

बाँकेको अगैयामा बाँध निर्माण गरी राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहर ४/५ क्युमेक्स पानी पठाउँदा नै भत्कन थालेपछि आर्थिक अनियमितताको भएको आंशका साहित अख्तियारले छानविन सुरु गरेको थियो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x