Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्सले वितरण गरेको युजर नेम र पासवर्ड अघिकांश लगानीकर्ताले अझै लिएनन

नेप्सले वितरण गरेको युजर नेम र पासवर्ड अघिकांश लगानीकर्ताले अझै लिएनन

काठमाडौं, २३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुर्ण स्वचालित अनलाईन कारोबारमा लगानीकर्ताको सहजिकरणका ब्रोकर मार्फत युजर नेम र पासवर्ड वितरण गर्न थालेको छ । अनलाईन कारोबारमा सहजिकरणको लागि लगानीकर्ताहरुको माग अनुसार नै गत शुक्रबार नै नेप्सेले ब्रोकर कार्यालयलाई युजर नेम र पासवर्ड हस्तान्तरण गरेको हो ।

कात्तिक २० गतेबाट संचालनमा आएको अनलाईन कारोबार संचालनमा समस्या देखिएको भन्दै केही साता अगाडी लगानीकर्ताहरुले सुधारको माग गर्दै नेप्से कार्यालय घेराउ समेत गरेका थिए । सो समस्यामा नेप्सेले लगानीकर्ताहरुलाई अनलाईन कारोबारका लागि मंसिर २३ गते सम्म व्यक्तिगत युजर नेम र पासवर्ड उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । नेप्सेले प्रतिवद्धता समय भन्दा अगाडी नै पुरा गरेको छ । लगानीकर्ताहरुलाई अनलाईन कारोबारमा आबद्ध हुन समस्या नहोस भनेर अनलाईन कारोबारको परिक्षण गर्नुका साथै अनलाइन कारोबार औपचारीक रुपमा संचालनमा ल्याउनु भन्दा २ महिना अगाडीबाट मोवट्रेनिङ पनि व्यवस्था गरेको थियो । तर सो ट्रेनिङमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता नभएको हुदाँ नेप्से पुनः मंसिर २१ गते सम्म उक्त ट्रेनिङ संचालन गरेको थियो ।

सुरुवाती चरणमा प्राविधिक समस्याहरु आएको भएता पनि अबका दिनमा नेप्सेको अनलाईन कारोबारमा समस्या नआउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । पछिल्लो समयमा नेप्सेले लगानीकर्ता तथा ब्रोकर गरि ५ सय जना भन्दा बढीलाई ट्रेनिङ दिएको छ । हाल अनलाईन कारोबारमा कुनै पनि समस्या नभएको भएता पनि भविष्यमा थप समस्या दोहोरिन नदिन नेप्से लगानीकर्ताहरुको सहजिकरणको लागि आफ्नो वेबसाईटमा ट्रेनिङको भिडियो पनि राख्ने साउदले जानकारी दिए ।

लागानीकर्ताहरुले पासवर्ड र युजरनेमको माग गरि आन्दोलन नै गरेका भएता पनि ब्रोकर कार्यलयमा हस्तान्तरण भएकोे युजर नेम र पासवर्ड लिन उनीहरु गएका छैनन् । नेप्सेसँग हतारहतार युजर नेम र पासवर्ड माग गरेपनि ब्रोकर कम्पनी कहाँ अझै पनि अधिकांश लगानीकर्ताहरु लिन भने गएका छैनन । युजर नेम र पासवर्ड लिनका लगानीकर्ताहरुले केही रकम जम्मा गर्नु पर्ने हुन्छ सोही कारण आफुहरु लिन नगएको लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन । लगानीकर्ताहरुले १ लाख रुपैयाँ सम्म जम्मा गरेपछि नेप्सेले दिएको व्यक्तिगत युजर नेम र पासवर्ड प्रयोग गरि ४ लाख रुपैयाँ सम्मको कारोबार गर्न मिल्छ । ब्रोकर कार्यालयमा लगानीकर्ताहरुले आफुखुसी नै युजर नेम र पासवर्ड लिएर अनलाईन कारोबार गर्ने सक्ने व्यवस्था रहेको छ । तर अहिले नै लगानीकर्ताहरुसंग जम्मा गर्नु पर्ने रकम नभएका कारणले गर्दा युजर नेम र पासवर्ड लिन नगएको अध्यक्ष पोख्रलको भनाइ छ ।

उसो त केही सेयर लगानीकर्ताहरु आज पनि पुँजी बजारको सुधार र विकासकोे माग गर्दै अनसनमा बसेका छन् । उनीहरुले केही महिना अगाडी अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको हुदाँ बजार घट्दै गएको भनेर अर्थमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x