Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकद्धारा युनियनपे क्यु आर कोड पेमेन्ट सेवा सुरु

नबिल बैंकद्धारा युनियनपे क्यु आर कोड पेमेन्ट सेवा सुरु

काठमाडौं, २६ मंसिर । नबिल बैंकले नेपालमा नै प्रथम पटक युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेज प्रालि संगको समन्वय तथा सहकार्यमा ‘युनियन पे इन्टरनेसनल क्यू आर कोड पेमेन्ट सर्भिस’ को शुभारम्भ गरेको छ । नबिल बैंक, अन्तराष्ट्रिय भुक्तानी प्रणाली युनियन पे इन्टरनेसनल र रिक्रुटमेन्ट सलुसन कम्पनी रोजगारी सर्भिसेज प्रालिले सो सेवा विकासको लागि सहमति गरेका छन । भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरूलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा यो गठबन्धनले जोड दिने बैंकले जनाएको छ ।

रोजगारी सर्भिसेज प्रालिले नबिल बैंकको लागि देशभरि नै उक्त नेटवर्क सेवा विकास तथा विस्तार भएको छ । जसमा ग्राहकहरूले आफ्नो मोबाइल मार्फत क्युआर कोडको प्रयोग गरी सजिलैसँग भुक्तानीको प्रक्रिया गर्न सक्नेछन् । यो कोड एक प्रकारको म्याट्रिक्स बारकोड वा दुई आयामी बारकोड हो साथै बारकोड मेसिनद्धारा सजिलै पहिचान गर्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ ।

युनियन पे इन्टरनेसनल (युपिआई) अन्तराष्ट्रिय भुुक्तानी गर्ने संगठन चाइना युनियन पेको एक सहायक संस्था हो । युपिआईले विश्वभरि २ हजारभन्दा बढी संस्थाहरूको साथ साझेदारी गरेको छ । युपिआईद्धारा जारी कार्डहरू १ सय ७१ देशहरूमा स्वीकार्य हुनुको साथै ५० वटा देशहरूबाट जारी भइरहेका छन् । त्यस्तै, रोजगारी सर्विसेज मानव सम्साधन सेवा प्रदायक अग्रणी संस्था हो जसले रोजगारदाता र कामदारबिच सेतुको काम गरी देशमा प्रथमत रोजगारी दर अभिवृद्धि गर्ने उद्देश्यका साथ सहज र प्रणालीगत रूपावसरहरू प्रदान गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x