वाइडबडी विमान खरिदबारे छानविन गर्ने उपसमिति गठन
काठमाडौं, २६ मंसिर । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको २ वटा वाइडबडी विमान खरिद प्रक्रियामा भएको ‘अनियमितता’बारे छानबिन गर्न उपसमिति बनाएको छ ।
समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाई र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार प्रारम्भिक छानबिन गरेको लेखा समितिले वाइडबडी विमान गरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ घोटाला भएको संकेत गरेको थियो