कञ्चन डेभलपमेन्ट बैंकले ११.२९ प्रतिशतका दरले लाभांश दिने

काठमाडौं, २७ मंसिर । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ११.२९ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको १ सय ४७ औं संचालक समितिको बैंठकले गत आर्थिक बर्षको लाभांश तथा चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ६.२९ प्रतिशत नगद लाभांश गरि कुल ११.२९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यसका साथै बैंकको १५१ औं संचालक समितिको बैंठकले बैंकको ९ औं बार्षिक साधारण सभा पुष २१ गते सम्पन्न गर्ने र सो प्रयोजनका लागि पुष १२ गतेका दिन सेयर दाखिला बन्द गर्ने सुचना पनि जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *