आइएमई जनरल इन्स्योरेन्सको ४४ औं शाखा किर्तिपुरको नयाँंबजारमा
काठमाडौं, २८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले काठमाण्डौंकोे किर्तिपुर स्थित नयाँ बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गरेका थिए ।
यो कम्पनीको ४४ औं शाखा कार्यालय हो । उक्त कार्यक्रममा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । समितिका अध्यक्ष चापागाईले बीमाको पहुँच फराकिलो हुदै गएको हुनाले स्वस्थ्य प्रतिपर्धा मार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिना सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अरब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए ।