माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने
काठमाडौं, २८ मंसिर । माछापुच्छ्रे बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लगानीकर्तालाई कर सहित उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैंकको २० औं साधारणमा सो प्रस्ताव पेश गरिने छ । त्यस्तै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्न–गाभिन ९मर्जर वा प्राप्ति० गर्ने विषयमा छलफल गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने बताइएको छ ।
साधारण सभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । साथै, सञ्चालक समितिमा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा १ जना महिला सञ्चालक रहने विशेष प्रस्ताव लैजाँदै छ ।