Shangrila

जनता बैंकद्वारा रसुवामा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

काठमाडौं, १ पौष । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा बैंकले मंसिर २५, २६ र २७ गते रसुवाको नौकुण्ड र कालिका गाँउपालिकामा शिविर संचालन गरेको हो ।

उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको बैंकले बताएको छ । शिविरमा कूल ८ सय ४६ जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए । त्यसमध्ये ५४ जनाको शिविर स्थलमै मोतियाबिन्दुको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । यसका अलवा स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *