Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

हिमालयन बैंक र चिरायू अस्पतालबीच उपचारमा छुट दिने सम्झौता

हिमालयन बैंक र चिरायू अस्पतालबीच उपचारमा छुट दिने सम्झौता

काठमाडौं, १ पौष । हिमालयन बैंक लिमिटेड र चिरायू अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ % सम्म छुट प्रदान गर्ने छ ।

सो सम्झौता पत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका संचालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् । कार्ड कारोबारमा धेरै अनुभव भएको, प्रतिष्ठित, सुरक्षित, सबै भन्दा धेरै ब्राण्डका कार्डहरु जारी तथा आफ्ना बृहत संजालहरुमा सबै भन्दा धेरै प्रकारका कार्ड स्विकार गर्ने बैंक हिमालयन बैंक र नेपालको प्रतिष्ठित निजी क्षेत्रको अस्पताल, चिरायू अस्पताल बीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x