Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

लगानीकर्ताले सेयर खरिद नगर्न आह्वान गरेको दिन बजारमा दोहोरो अंकको बृद्धि, ४२ करोडको कारोबार

लगानीकर्ताले सेयर खरिद नगर्न आह्वान गरेको दिन बजारमा दोहोरो अंकको बृद्धि, ४२ करोडको कारोबार

काठमाडौं, २ पुस । सोमबार सेयर बजार १५. १७ अंकले बढेर ११८२.८७ को बिन्दुमा उक्लिएको छ। सेयर कारोबार नगर्न अपिल गर्दै केही लगानीकर्ताहरुले आमरण अनसन थालेको दिन बजारमा उल्लेख्य सुधार देखिएको हो ।

ब्यापार बाहेक अरु सबै समूहको परिसूचक सो दिन उकालो लागेको छ । ब्यापार समूहको परिसूचक ३.०४ अंकले घटेको छ । नीर्जिवन बीमा समूहको परिसूचक २२०.५१ अंक, जीवन बीमा समूहको १९५.९६ अंक, माइक्रोफाइनान्स ४०.२१ उत्पादन तथा प्रशोधन २३.२१ अंकले बढेको छ ।

सय ५९ कम्पनीको ४२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । जसमा छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा कारोबार भएको छ। त्यस्तै मिरमिरे लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *