Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबि बैंकले ल्यायो सात प्रकारका बिपन्न कर्जा योजना

एनएमबि बैंकले ल्यायो सात प्रकारका बिपन्न कर्जा योजना

काठमाडौं, २ पुस । एनएमबि बैंक लिमिटेडले बिना धितो सात प्रकारका सहुलियत कर्जा योजना संचालन गरेको छ। नेपाल सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि अनुसार विपन्न वर्गका जनतालाई व्यवसाय तथा लघु उद्यमका लागि उक्त योजना संचालन गरेको हो ।

सात वटा कार्यक्रम अन्तर्गत व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा १० लाख रुपैयाँ सम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, बैदेशीक रोजगारीबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँ सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँ सम्म पाउने छन् । त्यस्तै भुकम्प पिडितहरुको नीजि आवास निर्माणमा ३ लाख रुपैयाँ सम्म, महिला उद्यमशिलता १५ लाख र उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा अन्तर्गत ५ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने छ ।

बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरि अग्रणी महिला कृषि कर्जा पनि संचालनमा ल्याएको छ। त्यसमा उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा बैंकले उपलब्ध गराउने छ।
त्यस्तै एनएमबि बैंकले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा एनएमबि सहारा बचत खाता अन्तर्गत निक्षेपकर्ताहरुलाई दुर्घटना तथा १८ वटा विभिन्न रोगको १० लाख रुपैयाँ सम्मको बीमा सुविधा सार्वजनीक गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x