Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अनलाईनबाट सामान खरिद गर्दा जनता बैंकको भिसा कार्डबाट भुक्तानी गर्न सकिने

अनलाईनबाट सामान खरिद गर्दा जनता बैंकको भिसा कार्डबाट भुक्तानी गर्न सकिने

काठमाडौं, २ पुस । जनता बैंकले अनलाइनबाट बस्तु तथा सेवाको खरिद गर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको सुरुवात गरेको हो ।

बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन् । जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने बैंकले जनाएको छ।
सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x