Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची फेरि अनिश्चित, आयोजना अलपत्र छाडेर भाग्ने प्रयास असफल

मेलम्ची फेरि अनिश्चित, आयोजना अलपत्र छाडेर भाग्ने प्रयास असफल

काठमाडौं,३ पुस । आर्थिक अभाव भएको कारण देखाउँदै इटालियन ठेकेदार कम्पनी सीएमसीको मेल्मची आयोजना छाडेर भाग्ने प्रयास असफल भएको छ । माग गरेको रकम नपाएपछि आयोजनाको काम अलपत्र पारेर भाग्ने तरखरमा रहेको पूर्व सूचना पाए लगतै खानेपानी मन्त्रीको निर्देशनमा कम्पनीका ८ जना कर्मचारीलाइ नियन्त्रणमा लिइ उनिहरुको राहदानी जफत गरिएको छ ।  यसअघि कम्पनीले बाँकी रहेको आयोजनाको काम गर्न नसक्ने बेहोराको पत्र आइतबार मेलम्ची खानेपानी आयोजनामा बुझाउन खोजेको थियो । तर, आयोजनाका अधिकारीले सो पत्र बुझ्न मानेका थिएनन्। कम्पनीले आफूले दाबी गरेको रकम दिन आयोजनालाई दबाव दिएको थियो । तर, सरकारले भने आयोजनाको बाँकी रहेको काम सकेपछि मात्रै रकम दिने अडान राख्दै आएको थियो । यससँगै निकट भविष्यमा सम्पन्न हुने भनिएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको भविष्य अन्यौलमा परेको छ । आयोजना सम्पन्न नभए यसले सरकारले चालु वर्षमा लक्ष्य गरेको आर्थिक वृद्धिलाई समेत प्रभाव पार्नेछ । मेलम्ची आयोजनाले यसअघि नै सम्पन्न हुने मितिका धेरै ओटा भाका नघाइसकेको छ । अझै टनेलमा ९६० मिटर कंक्रिट र लाइनिङको काम बाँकी नै छ । समयमा भुक्तानी नभएका कारण यो अनिश्चिचता आएको इटालीयन ठेकेदारका निकटवर्तीहरु बताउँछन् । इटालियन ठेकेदार सीएमसीले भूकम्पका कारण थप ५७० दिन थप काम गर्नुपरेकाले थप एक अर्ब ६५ करोड रुपैँया निकासा गर्न माग गरेको थियो ।

गएको असार महिनामा विवाद समाधान समितिले ठेकेदारले माग गरेको समय घटाएर थप २१२ दिन थप गरेको थियो । हेडवर्कतर्फको ६०,००० क्युबिक मिटर खुलाउनका लागि सरकारले २८ करोड रुपैँया निकासा दिएको थियो । यसबाट असन्तुष्ट भएको ठेकेदारले सिंगापुरको अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

सरकार र ठेकेदारबीच विवाद समाधान समितिले गरेको निर्णयउपर चित्त नबुझे कुनै पनि पक्ष अन्तर्राष्ट्रिय मध्यस्थताका लागि जान सकिने ठेक्का सम्झौतामा उल्लेख छ । सरकारले ठेकेदारले माग गरेको क्षतिपूर्ति तिर्नुपर्ने समय सोमबार सकिएको छ । तर सीएमसीका केही कर्मचारीहरुले भने सीएमसीका अधिकांश कर्मचारी नेपालमै रहेको र केही परिवारसँग आगामी हप्ता क्रिसमस मनाउनका लागि स्वदेश फर्केको बताएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x