Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

पूर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

पूर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

काठमाडौं,३ पुस ।  पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ।  आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ।  कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको थियो। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका गिरी  ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्केिएका थिए । ज्ञनेन्द्रको प्रत्यक्ष शासन कालमा उनि मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । बरिष्ठ राजनीतिज्ञ गिरी  राजतन्त्रका पक्षधर राष्ट्रबादी नेताको रुपमा चिनिन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x