Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

बुधबार नेप्से ५.४६ अंकले घट्यो, कारोबार भने ३८ करोड रुपैयाँ भन्दा बढी

बुधबार नेप्से ५.४६ अंकले घट्यो, कारोबार भने ३८ करोड रुपैयाँ भन्दा बढी

काठमाडौं, ४ पुस । बुधबार सेयर बजार नकारात्मक देखिएको छ । कारोबार शुरु भएको दिन र दोस्रो दिन सकारात्मक देखिएको बजार तेस्रो दिन र चौथा दिन भने  नकारात्मक देखिएको हो । बुधबार नेप्से परिसुचक ५.४६ अंकले घटेर १,१६२.७० विन्दुमा कारोबार बन्द भएको छ ।
बुधबार कारोबार भएका कुल १५८ कम्पनीको १३,०२,८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिनका तुलनामा कारोबार रकम भने १५ करोड रुपैयाँ भन्दा बढीले घटेको छ ।

मंगलबार कुल सेयर कारोबार रकम ५३ करोड रुपैयाँ भन्दा बढी रहेको थियो । बुधबार सबै भन्दा धेरै नेपाल नेपाल लाइल इनसोरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको आज ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यस्तै बुधबार सबै भन्दा बढी कमाउनेमा कावेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा नाग्दी गु्रप पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ७.३१७०७ प्रतिशतले घटेको छ ।

यसैगरि बुधबार नेप्सेमा सुचिकृत १० वटा समुहहरुमा ४ वटा समुहको परिसुचक बढेको छ भने बाँकी ६ वटा समुहको परिसुचक घटेको छ । परिसुचक बढ्नेमा विकास बैंक समुह, फाइनान्स समुह, निर्जीवान बीमा समुह र उत्पादन तथा प्रशोधन समुह रहेका छन् भने परिसुचक घट्नेमा बैंकिङ्ग समुह, होटल समुह, हाइड्रोपावर समुह, अन्य समुह, माइक्रोफाइनान्स समुह र जिवनबीमा समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x