Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कतारको सबै भन्दा ठुलो बाणिज्य बैंक दोहा बैंक नेपालमा

कतारको सबै भन्दा ठुलो बाणिज्य बैंक दोहा बैंक नेपालमा

काठमाडौं, ४ पुस । कतारको सबै भन्दा ठुलो बाणिज्य बैंक दोहा बैंकले नेपालमा आफ्नो सम्पर्क कार्यलय संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथली स्थित ट्रेड टावरमा आफ्नो सम्पर्क कार्यलय स्थापना गरि बुधबारबाट औपचारीक रुपमा कार्य संचालनमा ल्याएको हो ।

बुधबारबाट संचालनमा आएको बैंककोे उक्त सम्पर्क कार्यलय बैकिङ्ग कारोबार गर्ने शाखा कार्यलय नभएर नेपालमा संचालनमा रहेका स्थानिय स्तरका बैंकहरुलाई कतार लगायत अन्य मुलुकहरुको बैंकहरु संग जोडिन सहजकर्ताको काम गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सिथारमणले बताए । साथै उक्त बैंकको स्थापना संगै कतारमा रहेका नेपालीहरुले त्यहाँको दोहा बैंकबाट सजिलै नेपाल पैसा पठाउन सक्ने र यो सेवा अन्य रेमिट्यान्स सेवाहरु भन्दा कम खर्चिलो रहने उनले बताए । नेपालमा आर्थिक वृद्धिका सम्भावनाहरु धेरै रहेको बताउदै डा. सिथारमणले दोहा बैंकले नेपालको कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रमा पनि लगानी बढाउने बताए । विषेश गरि दोहा बैंकको नेपालबाट खाढी मुलुकहरुमा निर्यात गरिने उत्पादनहरुमा लगानी गर्ने उदेश्यराखेकोे डा. सिथारमणको भनाई छ ।

दोहा बैंक सन् १९७० मा कतारको दोहामा स्थापना भएर सन् २००५ देखि विश्वका विभिन्न मुलुकहरुमा आफ्नो कार्यलय स्थापना गरी स्थानिय स्तरका र अन्तराष्ट्रिय स्तरका बैंकिङ्ग सेवाहरु प्रदान गदै आएको छ । बैंकको हाल सम्म २४ दशमलव ८ विलियन अमेरिकी डलर पुँजी रहेको छ भने बैंकले नेपाल लगायत भारत, चीन, जापान, सिंगापुर, हङकङ, दुवाई, कुबेत, अफ्रिका, कोरिया, अस्ट्रेलिया, क्यानाडा, टर्की, बंगलादेश, लगाएतका देशमा आफ्नो सम्पर्क कार्यलय संचालन गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x