Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

स्थानीय तहमा कर्मचारी आन्दोलनका कारण कामकाज प्रभावित, काममा फर्कन सरकारको आग्रह 

स्थानीय तहमा कर्मचारी आन्दोलनका कारण कामकाज प्रभावित, काममा फर्कन सरकारको आग्रह 

कठमाडौं, ६ पुस । कर्मचारी समायोजन अध्यादेशलाई लिएर स्थानीय तहका कर्मचारी आन्दोलित हुदाँ स्थानीय सरकारको कामकाज प्रभावित हुन पुगेकाे छ । विगत चार दिनदेखि भएको लगातारको आन्दोलनले देशभरका नगरपालिका, गाउँपालिका र वडा कार्यालयको कामकाज प्रभावित भएको हो। कर्मचारी आन्दोलनका कारण असारमा सम्पन्न नगरसभाबाट पारित गर्नुपर्ने नीति, योजना कार्यान्वयन अगाडी बढन सकेको छैन ।

उनिहरुले समायोजन अध्यादेशले निजामती र स्थानीय तहका कर्मचारीलाई विभेद गरेको र स्थानीय तहको संगठन व्यवस्थापन सर्वेक्षण, कर्मचारी भर्ना गर्ने जनप्रतिनिधिको अधिकारसमेत खोसिएको भन्दै त्यसालाइ संशोधन गर्न माग गरेका छन् । दैनिक जसो उनिहरु हातमा कालोपट्टी बाधेर धर्नामा बसेका छन् ।

यता सरकारले भने कर्मचारीको आन्दोलनको कुनै अर्थ  नरहेको भन्दै काममा फर्कन आग्रह गरेकाे  छ । मन्त्रीपरिषद बैठकका निर्णय सार्वजननिक गर्न गरिने नियमित पत्रका सम्मेलनमा  सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कर्मचारीको आन्दोलनमा कुनै तुक नरहेकाले तत्काल आन्दोलन फिर्ता लिएर काममा फर्कन कर्मचारीहरूलाई आग्रह गरेका हुन ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x