Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

६ महिना भित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने, रेल खरिदका लागि ५० करोड विनियोजन

६ महिना भित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने, रेल खरिदका लागि ५० करोड विनियोजन

काठमाडौं, ६ पुस ।  सरकारले आगामी ६ महिना भित्र रेल संचालन गर्ने गरी जनकपुर–जयनगरमा सञ्चालन हुने रेल खरिदका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले बिहीबार पत्रकार सम्मेलनमा पहिलो चरणमा सरकारले ५० करोड रुपैयाँ बजेट रेल खरिदका लागि छुट्याएको जानकारी गराएका हुन । यस अघि मन्त्री परिषद बैठकले आफ्नै झण्डा सहित नेपालको रेल सचालन गर्न लाग्ने रकम र आवश्यक कानुनी तथा नीतिगत संरचना सम्वन्धमा अध्यायन गर्न यतायता तथा भौतिक पूर्वधार मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सरकारले दुई सेट रेल किन्ने तयारी गरे पनि पहिलो चरणमा ५० करोड रुपैयाँ खर्च गरेर एक सेट रेल किन्न लागेको बाँस्कोटाले बताए । जयनगरदेखि नेपालको कुर्था, जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । सञ्चालन हुन लागेको रेल ब्रोडगेज हो । सरकारले ७० किलोमिटर लामो जयनगर–जनकपुर–बर्दिबाससम्मको रेलमार्गमध्ये ३५ किलोमिटर मार्गको निर्माण सकेको छ ।हाल रेलको लिक ओछ्याउने काम सम्पन्न भइसकेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x