Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दाङको राम्रीमा बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २२ पुग्यो

दाङको राम्रीमा बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २२ पुग्यो

दाङ, ७ पुस ।  तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्ररबार साझ भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ । मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये ४ महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले छ । सो दुर्घटनामा परी  गम्भीर घाइते भएकाहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको हो ।

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बस दुर्घटना परेको थियो । अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेका थिए ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x