Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतको विद्युत् व्यापार निर्देशिका संशोधन, नेपालबाट निर्यात गर्न सहज

भारतको विद्युत् व्यापार निर्देशिका संशोधन, नेपालबाट निर्यात गर्न सहज

काठमाडौं । भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गरेको छ । संशोधनसँगै नेपालबाट उत्पादित बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो । भारतले निर्देशिका जारी गरेपछि नेपालले नेपाल र भारतका उर्जा सचिवस्तरीय बैठकमा निर्देशिकाले नेपाललाई विद्युत् व्यापारमा असहज भएको भन्दै संशोधनका लागि ध्यानाकर्षण गराएको थियो ।
भारतको निर्देशिकाका कारण नेपालमा जलविद्युत् क्षेत्रमा विदेशी लगानी (भारतीय बाहेक)लाई निरुत्साहीत गरेको थियो ।
यसअघि भारतीय निर्देशिकामा देशबाहिरबाट बिजुली ल्याउँदा त्यस्तो विद्युत उत्पादन कम्पनी भारत सरकार वा भारतीय कुनै सार्वजनिक निकायको स्वामित्वमा रहेको वा उनीहरुले लगानी गरेको अथवा कुनै निजी कम्पनी जसमा ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्ने उल्लेख थियो । यसै कारण तेस्रो मुलुकका कम्पनीहरुको लगानीमा उत्पादित बिजुली सिधै भारतीय बजारमा बेच्न सकिने अवस्था थिएन । अब भारतले यसअघि राखेका विवादास्पद व्यवस्थालाई हटाउँदै खुला तवरमा विजुली ब्यापारको बाटो खोलेको छ ।

नयाँ निर्देशिकामा भारत सरकारले सरकारी स्तरका कम्पनीहरु र इजाजतप्रप्त कम्पनीहरुबीचमा सम्झौता भएर विजुली किनबेचको सम्झौता हुन सक्ने व्यवस्था गरेको छ । अब पहिलेजस्तो भारतीय लगानीको आयोजना हुनुपर्ने भन्ने लगायतका शर्त निर्देशिका छैन ।

अब भारतमा बिजुली किन्न चाहाने कम्पनीहरुले भारत सरकारबाट अनुमति भने लिनुपर्नेछ । परिमार्जित निर्देशिकामार्फत भारतले क्षेत्रीयस्तरमा ब्यापारका लागि पनि आफ्ना छिमेकी मुलुकसँग यही निर्देशिका मार्फत बाटो खुला गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x