कर फर्स्यौट आयोग गठन ऐन खारेज हुँदै
काठमाडौं, ९ पुस । कर फर्स्यौट आयोग ऐन खारेज हुने भएको छ । पटक पटक विवादित बन्दै आएको उक्त ऐन खारेज गर्न सरकारले प्रस्ताव अघि बढाएको छ। केही नेपाल ऐन संसोधन मार्फत् कर फस्र्यौट ऐन २०३१ खारेजीका लागि सरकारले संघीय संसदमा प्रस्ताव दर्ता गराएको भएसँगै उक्त आयोग गठन हुने बाटो बन्द हुने छ।
कर प्रशासकले कर निर्धारण गर्ने समयमा धेरै विवाद हुने र त्यस्ता विवाद समाधानको लागि राजस्व बोर्ड जस्तो स्थायी संयत्र बनाउने उद्देश्यसहित सरकारले उक्त ऐन खारेजीको प्रक्रिया अघि बढाएको हो। केही बर्ष अघि व्यवस्थापिका संसदको अर्थ समितिले ऐन खारेज गर्न अर्थ मन्त्रालयलाइ निर्देशन दिएको थियो। आयोगका अध्यक्ष तथा तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई उक्त आयोगबाट दिन नहुने कर छुट दिएर आर्थिक लाभ लिएको आरोप लागेको थियो।सोही काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ। उक्त मुद्दा अझै पनि विचाराधिन रहेको अवस्थामा ऐन खारेजीको गृहकार्य चलेको छ ।
काठमाडौं, ९ पुस । कर फर्स्यौट आयोग ऐन खारेज हुने भएको छ । पटक पटक विवादित बन्दै आएको उक्त ऐन खारेज गर्न सरकारले प्रस्ताव अघि बढाएको छ। केही नेपाल ऐन संसोधन मार्फत् कर फस्र्यौट ऐन २०३१ खारेजीका लागि सरकारले संघीय संसदमा प्रस्ताव दर्ता गराएको छ । नयाँ ऐन निर्माण भएसँगै उक्त आयोग गठन हुने बाटो बन्द हुने छ।कर प्रशासकले कर निर्धारण गर्ने समयमा धेरै विवाद हुने र त्यस्ता विवाद समाधानको लागि राजस्व बोर्ड जस्तो स्थायी संयत्र बनाउने उद्देश्यसहित सरकारले उक्त ऐन खारेजीको प्रक्रिया अघि बढाएको हो। केही बर्ष अघि व्यवस्थापिका संसदको अर्थ समितिले ऐन खारेज गर्न अर्थ मन्त्रालयलाइ निर्देशन दिएको थियो। आयोगका अध्यक्ष तथा तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई उक्त आयोगबाट दिन नहुने कर छुट दिएर आर्थिक लाभ लिएको आरोप लागेको थियो।सोही काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ। उक्त मुद्दा अझै पनि विचाराधिन रहेको अवस्थामा ऐन खारेजीको गृहकार्य चलेको छ ।