Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कालिकोटको न्यौपाने बस्तीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

कालिकोटको न्यौपाने बस्तीमा आगलागी हुँदा  ३० घर जलेर नष्ट

काठमाडौं, ९ पुस । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा गएरातिदेखि आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । खाडा गाउँको न्यौपाने बस्तीमा भएको आगजनीमा ठूलो धनजनको क्षति भएको  अनुमान गरिएको छ । मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो आगो नियन्त्रणको प्रयास अहिले पनि जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x