मंगलबार नेप्से नकारात्मक, कारोबार भने ४२ करोड रुपैयाँ भन्दा बढी
काठमाडौं, १० पुस । नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबार नकारात्मक देखिएको छ । कारोबार शुरु भएको पहिलो दिन आइतबार उच्च वृद्धि देअिएको नेप्सेमा सोमबार र मंगलबार भने नकरात्मक देखिएको हो । मंगलबार नेप्से परिसुचक ५.७१ अंकले घटेर १,१८६.०३ बिन्दुमा कारोबार बन्द भएको छ ।
मंगलबार कुल १६५ कम्पनीहरुको १२,४१,८४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४२ करोड १३ लाख भन्दा बढीको कारोबार भएको छ । सो दिन सबै भन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक ६ करोड २४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।
यसैगरि मंगलबार सर्वाधिक कमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९.८५ प्रतिशतले वृद्धि भएको छ भने सर्वाधिक गुमाउनेमा एनएमबि बैंकको प्रमोटर शेयरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९.३३ प्रतिशतले घटेको छ ।
मंगलबार नेप्सेमा सुचिकृत १० वटै समुहको परिसुचक ओरालो लागेको छ भने सबै भन्दा बढी जिवन बीमा समुहको परिसुचक २९.३६ अंकले ओरालो लागेको हो ।