Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्थापनाको १६ औं बर्ष पुरा गर्दे सिद्धार्थ बैंक

स्थापनाको १६ औं बर्ष पुरा गर्दे सिद्धार्थ बैंक

काठमाडौं, १० पुस । सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पुरा गरेको छ । आधुनिकतम् र सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको बैंक १७ औं वर्षमा प्रवेश गरेको हो ।

प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिटान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।

हाल बैंकले नेपालभर १ सय २९ वटा शाखा ३ एक्स्टेन्सन् काउन्टर सहित ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ३९ एटीएम र १ हजार १ सय भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x