Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर संचालनमा

५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर संचालनमा

काठमाडौं, १० पुस । काठमाडौंको पर्यटकिय बजार ठमेल बजारमा छाँया सेन्टर संचालनमा आएको छ । ठमेलमा १४ रोपनी क्षेत्रफल फैलिएको सो बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सहित मंगलबारबाट औपचारीक रुपमा संचालनमा ल्याईएको हो । ठमेल क्षेत्र भित्र रहेको सबै किसिमका सेवाहरु उपलव्ध हुने उक्त छाँया सेन्टरको उद्घाटन सांसद योगेस भट्टराईले गरेका हुन् ।

बिषेश गरि पर्यटकिय व्यवसायलाई गन्तव्यको रुपमा छाँया सेन्टरलाई ल्याइएको बताईएको छ । उक्त सेन्टरमा नेपालकै सबैभन्दा ठूलो र आरामदायी शपिङ सेन्टरको रुपमा रहेको दाबी सञ्चालकहरुको छ । पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटल सहितको सपिङ्ग कम्प्लेस संचालनमा ल्याएको सेन्टरमा मल्टिप्लेक्स थियटर, आधुनिक सुविधा सम्पन्न रेष्टुरेन्ट तथा होटल, सपिङ्गसपका साथै विभिन्न बैंकका शाखा रहेका छन् । साथै क्युएफएकस सिनेमा, फुडकोर्ट, ब्रान्डेड स्टोर निकट भविष्यमै खुल्ने बताइएको छ । सेन्टरमा ४०० कार ३०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

करिब ५ बर्ष अगाडी देखी निमार्ण शुरु गरिएको उक्त सपिङ्ग कम्प्लेस करिब अर्ब भन्दा बढी लागतमा निमार्ण सम्पन्न भएको निमार्ण पक्षले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x