नबिल बैंक कनेट ई पेमेन्ट प्रणालीमा आवद्ध
काठमाडौं, १० पुस । आधुनिक बैंकिङ्ग प्रणलीलाई अबलम्वन गर्दै नबिल बैंकले कनेट ई पेमेन्ट प्रणाली शुरु गरेको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेट ई पेमेन्ट प्रणालीमा बैंकले आजबाट कारोबार शुरु गरेको हो ।
उक्त प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल यसप्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगका भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । उक्त प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर (गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सकिन्छ । ग्राहकहरुले अनलाईन कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।
कनेट ई पेमेन्ट प्रणालीमा हाल सम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ४० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।