Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सचिवमा बढुवा भएका दिनेश घिमिरेलाई उर्जाकै जिम्मेवारी

काठमाडौं । सचिवमा बढुवा भएका जलस्रोत, उर्जा तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेलाई सोही मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । सहसचिवबाट बढुवा हुँदै सचिवको जिम्मेवारीमा एउटै मन्त्रालयका पदस्थापन गरिएका घिमिरेले लामो समय उर्जा मन्त्रालयमा काम गरेका थिए । उर्जा सचिव अनुप कुमार उपाध्यायले विद्युत् नियमन आयोगको अध्यक्षमा प्रतिस्पर्धा गर्न उर्जा सचिवबाट राजीनामा गरेपछि उर्जा मन्त्रालयको सचिव पद रिक्त थियो । सहसचिवबाट बढुवा भएर सोही मन्त्रालयको सचिवमा पदस्थापन पाउने उनी थोरै भाग्यमानीमध्ये पर्छन् । सहसचिवबाट बढुवा भएकालाई पदस्थापन मिलाउन सरकारले प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा समेत पठाउँदै आएको थियो । प्रदेशको व्यवस्था हुनुअघि सचिवमा बढुवा भएकालाई क्षेत्रीय प्रशासकको नियुक्ति दिइन्थ्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x