Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वैशाखदेखि नेपालीलाई जापानमा रोजगारी खुल्ने

वैशाखदेखि नेपालीलाई जापानमा रोजगारी खुल्ने

काठमाडौं । उमेर घर्केका जनशक्तिको बोझ उठाइरहेको जापानले सन् २०१९ को अप्रिल महिनादेखि विदेशी कामदार लैैजाने भएको छ ।
प्रधानमन्त्री शिन्जो अबेको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजाने सम्बन्धि नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ । जापान सरकारको आप्रवासी कामदार सम्बन्धि छुट्टै भीसाको व्यवस्था गर्न लागेको छ ।
कुन–कुन देशलाई खुला ?
जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्याण्ड, फिलिपिन्स, भियतनाम जस्ता देशबाट कामदार लैजाने भएको हो । पहिलो चरणमा पाँच वर्षभित्र जापानले उल्लेखित देशहरुबाट तीन लाख ४५ हजार कामदार लैजाने छ ।
कुन–कुन क्षेत्रमा ?
जापानले १४ ओटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको छ । नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल, कृषि, मत्स्य पालन , खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता क्षेत्रमा आप्रवासी कामदार लिने भएको हो । जापान रोजगारीका लागि जान इच्छुकले यी क्षेत्रमा काम गर्ने सीपसँगै आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

कसरी सम्भव भयो?
अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धि कानूनको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ । यसका लागि जापानभर १०० भन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन् । यसमा नेपाली सहित ११ भाषीलाई लक्षित गरिएको छ । जसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इण्डोनेसिया, थाई र तागालोग ( फिलिपीनी ) भाषी कामदारलाई लक्षित गर्दै उनीहरुलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन् ।
जापानको संशोधित आप्रवासन कानुन अनुसार, जापानले निश्चित सीप र दक्षता भएका काममा आप्रवासी कामदार खुला गर्ने भएको हो । जापानले दोस्रो विश्वयुद्धपछि पहिलो पटक आप्रवासी कामदारलाई खुला गर्न लागेको हो । आप्रवासी भीसाका लागि तयार भएको निर्देशिका पनि मंगलबार नै अनुमोदन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x