Shangrila

पुनर्निमाणको तीन बर्षमा साढे ३ लाख घर निर्माण

 

काठमाडौं, ११ पुस । नेपाल पुनर्निमाण प्राधिकरणले आफ्नो स्थापनाको ३ बर्षमा ३ लाख ३७ हजार निजी आवास निर्माण सम्पन्न गरेको दाबी गरेको छ । प्राधिकरणको स्थापनाको तेस्रो वर्ष पूरा गरेको अवसरमा आयोजित समीक्षा तथा भावी कार्ययोजना सार्वजनिक गर्न डाकेको पत्रकार सम्मेलनमा प्राधिकरणले कुल ८ लाख ८४ हजार ८०० जनाले आवास पुनर्निमाणका लागि आवेदन दिएकोमा ८ लाख २२ हजार ९ सय ९ जना लाभग्राहीको सूचीमा परेको, त्यसमध्ये ९० प्रतिशत अर्थात् ७ लाख ४२ हजार १ सय ३५ जनासँग अनुदान सम्झौता भएको, अनुदान सम्झौता भएकामध्ये ९९ प्रतिशत अर्थात् ७ लाख ३३ हजार ९०५ जनाले पहिलो किस्ताबापतको रकम लिएको जानकारी दिएकाे छ ।

त्यस्तै, ७१ प्रतिशत अर्थात् ५ लाख २३ हजार ३७३ जनाले दोस्रो किस्ताको रकम लिएको, ४५ प्रतिशत अर्थात् ३ लाख ३५ हजार ४८५ जनाले तेस्रो किस्ता लिएको, ३ लाख ३७ हजार ३१९ जनाले घरनिर्माण सम्झौता गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । घर निर्माण सम्पन्न गरेका र निर्माणधिन रहेकाको संख्या अनुदान सम्झौता भएको लाभग्राहीको ७७ प्रतिशत रहेको पनि प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

घर पुनर्निमाणको लाभग्राही सूचीमा समावेश नभएका साढे ४ लाख ३६ हजार ९ सय ११ जना भुकम्पपीडितले आफू पनि लाभग्राहीको सूचीमा समावेश हुनुपर्ने भन्दै गुनासो दर्ता गराएका छन् । त्यसमध्ये १ लाख ३१ हजार ७३२ जना लाभग्राहीको सूचीमा थपिएका छन् जसमध्ये ८८ हजार १०५ जना पुनर्निमाण र ४३ हजार ६२७ जना प्रबलीकरणअन्तर्गत समावेश भएका हुन् । बाँकी ३ लाख ५ हजार १७९ जनाको निवेदन भने अस्वीकार गरिएको छ । अस्वीकृत भएका ३ हजार २१२ जनाले पुनरावेदन समितिमा निवेदन दिएको समेत प्राधिकरणले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *