Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं, १८ मंसिर । प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार कम्पनीको शेयर ९६८ रुपैयाँमा मुल्य समायोजन भएको छ । यस्तै कम्पनीको आधार शेयर मुल्य ९६५ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीको शेयर मुल्य समायोजन गरिएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि कम्पनीले मंसिर १५ गते शेयर दर्ता पुस्तिका बन्द गरेको थियो । मंसिर १४ गतेसम्म कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयर भर्न पाउने छन् ।

यस अघि मंसिर १ गते कम्पनीको १६औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको थियो । कम्पनीले पारित गरेको २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ४२ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x