Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२५ प्रतिशत हकप्रद निष्कासन गर्ने गण्डकी विकास बैंकको कतिमा भयो मुल्य समायोजन ?

२५ प्रतिशत हकप्रद निष्कासन गर्ने गण्डकी विकास बैंकको कतिमा भयो मुल्य समायोजन ?

काठमाडौं, १८ मंसिर । गण्डकी विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । हकप्रद शेयर निष्कासन गर्ने भएकोले बैंकको शेयर मुल्य समायोजन गरिएको हो । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयर २७६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ३४७ रुपैयाँ रहेको छ ।

गण्डकी विकास बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४६ करोड ९ लाख ८१ हजार पाँच सय रुपैयाँ बराबरको ४६ लाख ८ हजार ८१५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले ४ बराबर १ कित्ता अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस्तै बैंकले हकप्रद शेयर निष्कासनका लागि मंसिर १५ गते शेयर दर्ता पुस्तिका बन्द गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले गण्डकी विकास बैंकलाई हकप्रद शेयर निष्कासनको लागि मंसिर ४ गते स्विकृति दिएको हो । बैंकको हकप्रद शेयर निष्कासनको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि इक्रा नेपालबाट ग्रेड ३ को मापन पाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x