Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको कम्पालामा

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको कम्पालामा

काठमाडौं, १३ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक डिसेम्बर २९ र ३० मा युगान्डाको राजधानी शहर कम्पालामा हुने भएको छ । कम्पाला शहरको आकासिया मलमा आयोजना हुन लागेको बैठकको तयारी पुरा भएको एनआरएनएले जानकारी दिएको हो ।

बैठक अफ्रिकी क्षेत्रमा रहेका नेपालीहरुले त्यहाँको सरकारी एवं अन्य विभिन्न क्षेत्रको अनुभव आदान प्रदान गर्नेमा केन्द्रित हुनेछ । बैठकको उदघाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालयका मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्नेछन् । बैठकमा युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन, वैदेशिक रोजगार र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

साथै बैठकमा गैरआवासीय नेपाली विज्ञहरुद्वारा अफ्रिकी क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव र नेपालमा प्रविधि र लगानीका साझेदारी तथा विकासका अनुभव साट्न सकिने विषयमाथि समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरुद्वारा ट्रान्जिटमा अफ्रिका पुर्याइएका नेपालीका समस्याहरु बारेमा पनि गहन छलफल गरिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x