ज्योती बैंकका ग्राहक र कर्मचारीले ग्रान्डी अस्पतालको सेवामा छुट पाउने

काठमाडौं, १३ पुस । ज्योति विकास बैंक र ग्रान्डी इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य सम्बन्धी सम्झौता भएको छ । काठमाण्डौंको धापासी स्थित उक्त हस्पिटलसंग बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा गरेको हो । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र अस्पतालका प्रमुख संचालन अधिकृत कोल. अम्रित खन्नाले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा सो सुविधा उपभोग गर्न बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकका एटीएम कार्ड अथवा परिचयचत्र देखाउनु पर्ने छ । बैंकले हाल ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *